मनकामना काली मन्दिरको प्राणप्रतिष्ठा, दाताहरुलाई सम्मान

Share :

बिर्तामोड । बिर्तामोड नगरपालिका १० मा स्थापना तथा निर्माण भएको मनकामना काली मन्दिरको उद्घाटन गरिएको छ । चैत्र १२ गतेदेखी निरन्तर पुजाँपाठ गर्दै मन्दिरको प्राणप्रतिष्ठा गरिएको थियो । आज बिहिबार मन्दिर निर्माण स्थलमा आयोजित एक कार्यक्रमकाबिच मन्दिरको औपचारिक उद्घाटन गरिएको हो ।

मनकामना काली मन्दिर तथा सत्सङ भवन निर्माण समितिको आयोजनामा भएको कार्यक्रममा मन्दिर निर्माणकालागि सहयोग गर्ने बिभिन्न ४५ जना दाताहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेशका अध्यक्ष यज्ञप्रसाद ओली र मन्दिर निर्माण समितिका अध्यक्ष ध्रुव प्रसाद शिवाकोटीले दाताहरुलाई सम्मन गर्नुभएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि ओलीले हिन्दु धर्म मान्नेहरु एक हुन नसक्दा नेपाल धर्मनिरिपेक्ष राज्य भएको बताउनुभयो । हिन्दु धर्मको अस्तित्व रक्षाकालागि सबै हिन्दु धर्मलवम्बीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मन्दिर निर्माण समितिका अध्यक्ष शिवाकोटीले यस ठाउँलाई नमुना धार्मीक क्षेत्र बनाउने योजना रहेको बताउनुभयो । उहाँले मन्दिर परिसरमा भगवान गौतमबुद्ध र किरातहरुका आस्थाका केन्द्र फाल्गुनन्दको समेत मुर्ति निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो । मन्दिर निर्माणका लागि बिभिन्न क्षेत्रबाट सहयोग गर्ने दाताहरुलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा विर्तामोड ४ का पूर्व वडाअध्यक्ष तथा भरत बिश्रान्तीका उपाध्यक्ष कुल प्रसाद संग्रौला, भरत बिश्रान्तीका अध्यक्ष तथा व्यवसायी डिल्ली प्रसाई, चिर प्रसाद शिवाकोटी लगायतको आतिथ्य रहेको थियो ।

मनकामना काली मन्दिर तथा सत्सङ भवन निर्माण समितिका महासचिव हरी प्रसाद सिटौला र समितिका सदस्य तथा संञ्चारकर्मी मिलन आले मगर (सुरज)ले कार्यक्रको संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय