हावाहुरीका कारण बिचल्ली बनेको राई परिवारको घर निर्माण सुरु

Share :

अर्जुनधारा । हावाहुरीका कारण घर भत्किएपछि बिचल्ली बनेको विपन्न परिवारको घर निर्माणको कार्य सुरु भएको छ । झापाको अर्जुनधारा नगरपालिकामा सामाजिक कार्यमा सक्रिय रहेको यूवाहरुको संस्था परोपकार युवा क्लबले अर्जुनधारा ३ की सुजता राईको घर निर्माण कार्य सुरु गरेको हो ।

विभिन्न दाताहरुको सहयोगमा घर निर्माण कार्यको थालनी भएको क्लबका अध्यक्ष लिलाबल्लव खतिवडाले जानकारी दिनुभयो । घर निर्माण स्थलमा आज एक संक्षिप्त कार्यक्रमकाबिच अर्जुनधारा नगरपालिका ३ नम्बर वडाका वडाअध्यक्ष सिताराम भट्टराईले निर्माण हुने घरको शिलन्यास गर्नुभएको थियो ।

हावाहुरीले पूर्णरुपमा भत्किएको राईको घर

कार्यक्रममा वडाअध्यक्ष भट्टराईले सबैले आआफ्नो क्षेत्रबाट सकेको सहयोग गरेर घर निर्माणमा जुट्न आग्रह गर्नुभएको थियो । उहाँले वडा कार्यालयले समेत सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।


गत चैत्र ८ गते आएको हावाहुरीका कारण अर्जुनधारा ३ जेकेखाडीस्थीत भानुटोल निवासी ४५ बर्षिय सुजता राईको घर पूर्णरुपमा भत्किएको थियो । कम्जोर आर्थिक अवस्था रहेको राईको परिवार बस्ने आवास नै भत्किएपछि अहिले आफन्तकोमा शरण लिएर बसिरहेको छ । सामान्य ज्याला–मज्दुरी गरेर जिविकोपार्जन गरिरहनुभएकी राईको श्रिमानको ३ बर्ष अघि मृत्यु भएको थियो । राईको २ छोरा र २ छोरी छन् ।

कान्छी छोरीसंग सुजता राई

अहिले राईको परिवारलाई नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाले खाद्यान्य, त्रिपाल र ओढ्ने कपडा सहयोग गरेको क्लवका अध्यक्ष खतिवडाले बताउनुभयो । कम्जोर श्रवण क्षमताकी राई विपन्न र शारिरिक रुपमा अशक्त हुनुभएका कारण दाताहरुसंग समन्वय गर्दै घर निर्माणमा जुटेको खतिवडाको भनाई छ ।

हालसम्म राईको घर निर्माणकालागि अर्जुनधारा नगरपालिकाबाट २५ हजार रकम प्रदान गर्ने निणर्य भएको उहाँले जानकारी दिनुभयो । स्थानीय व्यवसायीहरुको तर्फबाट घरको पिल्लर निर्माणकालागि रड, गिटी, बालुवा र सिमेन्ट समेत उपलब्ध भएको क्लबका अध्यक्ष खतिवडाले बताउनुभयो । विदेशमा रहेका आफन्त तथा अर्जुनधारा सेवा समाज कतारले समेत सहयोग गरिरहेको र थप सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो । घर निर्माणकालागि समन्वयकारी भुमिका खेलीरहेको क्लबले सहयोगका लागि अपिल समेत गरेको छ ।

हावाहुरीले पूर्णरुपमा भत्किएको राईको घर

क्लबका पूर्वउपाध्यक्ष तथा घर निर्माण समितिका संयोजक सुवास राईले करिब ५ लाख लागतमा घर निर्माण सम्पन्न गर्ने लक्ष रहेको बताउनुभयो । उहाँले पिल्लर सहित भुईको भाग पक्कि हुने र काठ तथा टिनको छानाको प्रयोगमा सुरक्षीत घर निर्माण गर्ने योजना रहेको बताउनुभयो । बर्खा अगावै घर निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय