अर्जुनधाराको हलुवागढमा अन्तरपालिका जिल्ला स्तरीय कराते प्रतियोगिता हुने

Share :

अर्जुनधारा । झापाको अर्जुनधारामा अन्तरपालिका महिला तथा पुरुष जिल्ला स्तरीय कराते प्रतियोगिता हुने भएको छ । अर्जुनधारा नगरपालिका १ मा रहेको भिमले कराते डोजोको आयोजनामा २ दिने कराते प्रतियोगिता हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । अर्जुनधारा १ स्थित हलुवागढ पर्यापर्यटन क्षेत्र परिसरमा आगामी वैशाख ८ र ९ गते प्रतियोगिता संचालन हुने छ ।

प्रतियोगितामा झापाका ७ वटा पालिकाका ८ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक महेन्द्र बरालले जानकारी दिनुभयो । सहभागि हुने टिमहरुमा अर्जुनधारा नगरको कराते टिम, बिर्तामोड, मेचीनगर, शिवसताक्षी र कनकाई नगरपालिका तथा बुद्धशान्ति र हल्दिबारी गाउँपालिकाको कराते टिम रहेका छन् ।

८ वटा टिमबाट करिब १५० जना महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद्का कराते प्रशिक्षक दुर्गाराज निरौलाले जानकारी दिनुभयो । प्रतियोगितामा २५ जना निर्णायक रहने बताइएको छ ।


प्रतियोगितामा महिलातर्फ ९ वटा तौल समुहमा प्रतिस्पर्धा हुने छ । जस्मा २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तौल समूह रहेको छ । पुरुषतर्फ ८ वटा तौल समुहमा प्रतिस्पर्धा हुनेछ । जस्मा २०, २५, ३०, ३५, ४२, ५२, ५७ र ६२ केजी तौल समूह रहेको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३ लाख ८५ हजार खर्च लाग्ने बताइएको छ ।

पत्रकार सम्मेलनमा एसियन कराते फेडेरेशन रेफ्री तथा अर्जुनधारा ८ का वडाध्यक्ष कुमार उप्रेतीले प्रतियोगितामा पहिलोपटक डिजिटल स्कोर बोर्ड प्रयोग गरिने बताउनुभयो । त्यस्तै उहाँले खेलाडीबीचको प्रतिस्पर्धाका लागि टाइसिट पनि डिजिटल एप्समार्फत तय गरिने जानकारी दिनुभयो ।

प्रतियोगिता अवधिभर खेलाडीलाई पर्यापर्यटन क्षेत्रमा प्रवशे निशूल्क गरिने हलुवागढ सामुदायिक वनका अध्यक्ष देउनारायण राईले जानकारी दिनुभयो । हलुवागढ पर्यापर्यटन क्षेत्र अर्जुनधारा नगरपालिकाको पर्यटकीय क्षेत्रमध्ये एक हो । २०७३ सालमा स्थापना भएको भिमले कराते डोजोलाई मथुरादेवी तामाङ सारु मगरले प्रशिक्षण गराई रहनुभएको छ । प्रशिक्षक मगरको अनुसार अहिले डोजामो २५ जनादेखि ६० जना प्रशिक्षार्थीले नियमित प्रशिक्षण लिइरहेका छन् ।

प्रतियोगिताका आर्थिक संयोजक तिवेन्द्र काफ्लेले सञ्चालन गर्नुभको कार्यक्रममा अर्जुनधारा १ का जनप्रतिनिधि मदन लिमेल मगरलगायतले आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि दिनेश घिमिरे, कराते प्रशिक्षक जीवन राई, हेमलाल परियार, खेलप्रेमी तथा युवा व्यवसायी विजय सेन्दाङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
1
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय