काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गर्ने बताउनु भएको छ ।
चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको आज बिहान आयोजित शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सबै काम सकिएकाले सकेसम्म आजै बेलुका मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो ।
आज नभए भोलि बिहान मन्त्रिपरिषद विस्तार गर्ने उहाँले बताउनुभयो।