२७ सय केजी अवैध हरियो चियापत्तिसहित गाडी र चालक पक्राउ

Share :

झापा । झापामा बिलबिनाको हरियो चियापत्तिसहित दुईवटा गाडी र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ५ः२० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर १५ स्थित ज्यामिरगढीबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले उत्तरबाट दक्षिणतर्फ आउँदै गरेका ईलाम माइजोगमाई गाउँपालिका वडा नम्बर १ का १९ वर्षीय देवेन्द्र जोगीले चलाएर ल्याएको मे. १ ज २४८२ नम्बरको पिकअप र ईलाम नगरपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीय सर्जन घलेले चलाई ल्याएको प्र. १–०१–००१ च ७९४१ नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा बिलबिनाको हरियो चियापत्ति २ हजार ७४२ केजी फेला परेकोले उक्त चियापत्ति र गाडीसहित चालकहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि बुधबार आन्तरिक राजश्व कार्यालय ईटहरी पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय