बिर्तामोडमा ‘मिसन ग्रासरुट’ले लियो गति

Share :

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले ‘मिसन ग्रासरुट’ अभियानलाई मसिनो ढंगले अघि बढाएको बताउनु भएको छ । उहाँले पार्टीले जनतासंग जोडिने र जनताले जनप्रतिनिधिसंग जोडिने गरी अभियानलाई अघि बढाएको बताउनु भयो ।

बिर्तामोडमा फागुन १६ गते सम्पन्न नगर कमिटीको विस्तारित बैठक पछि मिसन ग्रासरुट अभियान तिव्रताकासाथ अगाडी बढीरहेको छ । अभियानमा बिर्तामोडका १० वटैै वडाका टोल टोलमा पुगेर विभिन्न भेला, बैठक तथा अभिमुखिकरण कार्यक्रमहरु सञ्चालन भईरहेका छन् ।

नगर कमिटी अध्यक्ष भट्टराईले बिर्तामोडका सबै वडाहरुमा फोकल पर्सन तोकेर अभियानलाई सक्रियताकासाथ अगाडी बढाएको बताउनु भयो । उहाँले सदस्यता नविकरण, नयाँ सदस्यता वितरण र टोलस्तरीय प्रशिक्षण कार्यक्रमहरु समेत गरिरहेको जानकारी दिनु भयो ।


नेतृत्वमा रहेर जनतासंग जोडिन नसकेका र अपेक्षित विकास योजनाहरु गाउँघरसम्म जान नसकेका विषयमा केहि गुनासोहरु आउने गरेको अध्यक्ष भट्टराईले बताउनु भयो । उहाँले एमाले प्रवेश गर्नेहरुको नामवली सबै वडाबाट संकलन गर्ने काम पनि भइरहेको र अभियानको अन्त्यमा एकमुष्ठ कार्यक्रम गरेर पार्टी प्रवेश गराउने तयारी रहेको जानकारी दिनु भयो ।

अभियानमा नेकपा एमाले प्रति युवाहरुको आकर्षण बढ्दो अवस्थामा रहेको पाइएको छ । नयाँ सदस्यता लिनेहरुमा युवाहरु धेरै रहेको पाइएको हो । पार्टी सुदृढीकरण तथा विस्तारका लागि नेकपा एमालेले देश भर सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान देशभर चलिरहेको छ । अभियानमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तहका नेताहरुको सक्रियता छ ।

 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय