नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम

Share :

बिर्तामोड । नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको विर्तामोडमा मंगलबार सम्पन्न चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा लीला अनमोल, सचिवमा मायामितु न्यौपाने, कोषाध्यक्षमा स्वस्तिका आचार्य र सहसचिवमा जोश्ना श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

यसैगरी समितिका सदस्यहरुमा भारती राई, टिका पोखरेल, अनुषा चुडाल,  दिपा पोखरेल,  विनिसा गौतम, मिना विश्वकर्मा निर्वाचित हुनुभएको छ । संस्थाको विधान बमोजिम पहिलो बैठकले एकजना सदस्य मनोनयन गर्नेछ ।


संस्थाका संस्थापक अध्यक्ष शावित्रा दाहालको संयोजकत्वमा मोहनकाजी न्यौपाने, ज्ञानेन्द्र निरौला, राजु पाठक सदस्य रहेको निर्वाचन समितिले निर्विरोध नेतृत्व चयनमा भूमिका खेलेको थियो ।

यसअघि संस्थाका अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्दचन्द्र छेत्री, वर्तमान अध्यक्ष एकराज गिरी, प्रेस युनियन प्रदेश नम्बर १ का उपाध्यक्ष ज्ञानेन्द्र निरौला, प्रेस चौतारीका झापा अध्यक्ष मनकुमार गदाल, प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक लगायतले शुभकामना मन्तब्य राख्दै पत्रकारिता क्षेत्रका समस्या समाधानमा सहकार्य जरुरी रहेको बताएका थिए ।

कार्यक्रममा सचिव भूमिका सुब्बाले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन एवं कोषाध्यक्ष जोश्ना श्रेष्ठले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय