“प्रदेशको नाम कोशी अस्वीकार्य किन ?” जागरण अभियान

Share :

झापा । प्रदेश १ को नाम कोशी राखिएपछि असन्तुष्ट बनेका पहिचानवादीहरुले “प्रदेशको नाम कोशी अस्वीकार्य किन ?” बिषयक जागरण अभियान संचालन गरिरहेका छन् । प्रदेश नम्वर १ पुनः नामांकन संयुक्त संर्घष समितिको आयोजनामा झापामा पनि सोमबार सोही बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कानुनविद तथा आदिवासी जनजाति कानूनी संगठन (लाहोरनिप)का महासचिव शंकर लिम्बूले पहिचान र कानून विपरित एक पक्षीय ढंगबाट प्रदेशको नामाकरण गरिएको भन्दै त्यसलाई संशोधन गर्नका लागि पहिचान पक्षधरहर एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । जागरण अभियानलाई प्रशिक्षण दिँदै उहाँले पहिचान प्राप्तिका लागि एकजुट हुनुपर्ने बताउनुभयो ।


शान्तिपूर्ण आन्दोलनका क्रममा पदम लिम्बूमाथि प्रहरीले गरेको ज्याजतिको दोशी आदेशदाता गृहमन्त्री समेत रहेका प्रधानमन्त्री, मोरङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख हुँदै आक्रमण गर्ने प्रहरी सबै भएको जिकीर गर्नुभयो । उहाँले संबिधानले नै शान्तिपुर्णरुपमा सभा, जुलुश र सम्मेलन तथा आन्दोलन गर्न पाउने अधिकार दिएको भन्दै संबिधानको बर्खिलाप गरेर प्रशासनले पदम लिम्बुको हत्या गरेको बताउनुभयो । उहाँले सरकारले गठन गरेको छानबिन समिति पनि गैरकानुनी भएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने बताउनुभयो । दोशीलाई कानूनी कठघरामा उभ्याएर छाड्ने लिम्बूले चेतावनी दिनुभयो ।

 

उहाँले आफुहरुको आवाज निष्पक्ष ढंगबाट सरकारले सुनुवाई नगरे संयुक्त राष्ट्र संघको मानव अधिकार संगठनमा उजुरी गर्दै त्यसको न्यायोचितका सहयोगकालागि आह्वान गरिने बताउनुभयो ।

जागरण अभियानमा राजनीतिज्ञ प्राध्यापक तथा संयुक्त संघर्ष समितिका अभियन्ता नन्द कन्दङवाले प्रदेश नम्वर १ पनः नामाङ्कन संयुक्त संघर्ष समितिलाई मोर्चाका रुपमा उभ्याउँदै गाउँ वस्तीसम्म समिति निर्माण गरेर लानु पर्ने सुझाव दिनुभयो । उहाँले कोशी प्रदेश नाम बहुपदीयबाट नभई नश्लीयत चेतबाट रातारात घोषणा गरिएकोमा आपत्ति प्रकट गर्नुभयो ।

कार्यक्रममा संघर्ष समिति सचिवालय सदस्य सञ्जुहाङ पालुङ्वाले आन्दोलनलाई वैचारिक रुपमा अघि बढाउनु पर्ने बताउदै पदम सुब्बा लाजेहाङ्गको शव अपहेलित अवस्थामा राखिएको हुँदा त्यसको उचित व्यवस्थापन नगरेर राज्यले अझै पनि अपहेलना गरेको बताउनुभयो ।

संघर्ष समितिका अभियन्ता राम मादेनले संविधानमा अधिकारका कुराहरुलाई कन्जुस्याई गरेर कोशी नामक नाम राख्दै पहिचान पक्षधरलाई दवाउने प्रयास भएको धारणा राख्नुभयो ।

संघर्ष समितिका झापा अध्यक्ष पाण्डवलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा जनजाति महासंघका उपाध्यक्ष केवलराम राई, जनजाति महासंघका झापाका पूर्व अध्यक्ष भरत श्रेष्ठ, किरात राई यायोक्खाका जिल्ला अध्यक्ष गणेश राई लगायतले आ–आफ्ना विचार राख्नुभएको थियो ।

जागरण अभियान प्रदेशका १४ वटै जिल्लामा संचालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय