बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा अन्तर वडास्तरीय फुटसल हुने

Share :

बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिले अन्तर वडास्तरीय फुटसल प्रतियोगिता हुनेभएको छ । आज बिर्तामोड नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरेर समितिले फुटसल प्रतियोगिता आयोजना बारेमा जानकारी गराएको हो ।

प्रतियोगिता यही चैत १७ र १८ गते समितिका अध्यक्ष विकास गिरीले बताउनुभयो । प्रतियोगिता बिर्तामोड १ मा रहेको एब्सुलेट फुटसलमा हुनेछ ।

फुटसलको प्रवद्र्धन तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ । प्रतियोगितामा नगरका १० वटै वडाको सहभागिता रहनेछ ।


प्रतियोगिताको विजेताले नगद ५० हजार, मेडल, ट्रफी तथा प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद २५ हजार मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने समिति सदस्य विशाल अग्रवालले जानकारी दिनुभयो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद पाँच हजार रुपैयाँ प्रदान गरिने समिति उपाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २१ सय पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय