बिर्तामोड ७ र १० नम्बर वडामा खेलकुद समिति गठन

Share :

झापा । बिर्तामोडको वडा नम्बर ७ र १० मा वडा खेलकुद समिति गठन गरीएको छ । नगर खेलकुद विकास समितिले नगरका सबै वडामा पुगेर वडा समिति गठन गर्दै आएको हो । वडा नम्बर ७मा नरेश संग्रौलाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरीएको छ ।

समितिको उपाध्यक्षमा दिपक कार्की, बबिता श्रेष्ठ, सचिव विशाल लिम्बु सदस्यहरु सरोज बराल, विजय रसाईली, सन्दीप टुडु, इशार्द महोम्मद, गंगा संग्रौला, सुदेश मगर र टिका सुव्वा रहनु भएको छ ।

यस्तै वडा नम्बर १०मा सुरेन्द्र तुम्रोकको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरीएको छ । जसको उपाध्यक्षमा खड्गबहादुर गुरुङ्ग, समिर कटुवाल सचिवमा नरेन तामाङ्ग र सदस्यहरुमा सरन गुरुङ्ग, जीवन राई, दुर्लभ तिवारी, अरुण गुरुङ्ग, विमल कन्दङ्गवा रहनु भएको छ । यस समितिमा २ जना पछि मनोनित गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिनु भयो ।


वडा समिति निर्माणमा वडा नम्बर ७ मा वडाअध्यक्ष कृष्ण प्रसाद खरेल (अविरल), नगर उपाध्यक्ष आइतमाया शेर्मा लिम्बु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानीय खेलाडीहरुको उपस्थिति रहेको थियो । यस्तै वडा नम्बर १० मा वडाअध्यक्ष दुर्योधन गुरुङ्ग, नगर अध्यक्ष विकास गिरी, उपाध्यक्ष सन्तोष गुरुङ्ग, सचिव विसन लिम्बु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानीय खेलाडीहरुको उपस्थिति रहेको थियो ।

अब बाँकी रहेका वडाहरु ५ र ६मा पनि चाँडै समिति गठन गरिने नगर खेलकुद विकास समितिका सचिव विसन लिम्बुले बताउनु भयो । समिति गठन गरिएका सबै वडामा सर्वसम्मत रुपमा समिति गठन गरीएको वहाँले बताउनु भयो।

नगर खेलकुद विकास समितिले बिर्तामोडमा सुपर सिक्स क्रिकेट र पव्जी खेलको तयारी गरीरहेको छ । यसलाई व्यवस्थित बनाउनका लागि आवश्यक तयारीमा जुटीरहेको नगर खेलकुद समितिका सदस्य विशाल अग्रवालले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय