हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी नेकपा एकीकृत समाजवादी प्रवेश

Share :

झापा । एमाले झापा जिल्लाका नेता तथा २०७५ सालको स्थानीय तहको निर्वाचनमा हल्दिबारी गाउँ पालिकाको निर्वाचनमा निर्वाचित उपाध्यक्ष डम्बर गिरी नेकपा एकीकृत समाजवादी प्रवेश गर्नुभएको छ ।

एमालेको युवा संघको पुर्व जिल्ला अध्यक्ष समेत रहेका गिरीले गत निर्वाचनमा झापा ३ मा संघीय सम्सदका लागि स्वतन्त्र उम्मेद्बारी दिनुभएको थियो ।


पार्टीको निणार्य विरुद्ध गएको भन्दै नेकपा एमालेले गिरीलाई कार्वाही गरेको थियो ।

गिरीले आफ्नो फेसबुकमा यस्तो लेख्नुभएको छ “आज मिती २०७९ चैत्र ११ गते देखि मेरो आफ्नो कम्युनिस्ट पार्टीको सदस्यता नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा नविकरण गरेको घोषणा गर्दछु । नेपालको कम्युनिस्ट आन्दोलनलाई ठीक ढंगले अगाडि बढाउनका लागि यो पार्टी नै आजको दिनमा सर्वाधिक उपयुक्त मंच हो । नेपालका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई समेत नेकपा (एकीकृत समाजवादी) मा समाहित भई नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठनको अभियानमा सामेल हुन आह्वान समेत गर्दछु ।”

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय