लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो माओवादी

Share :

काठमाडौं । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।

आइतबार माओवादी केन्द्रबाट मन्त्री बनेका ३ जना नेताले मुख्यमन्त्री लिला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधार मन्त्री इन्द्रजित चौधरीले बताउनुभएको हो । लुम्बिनी सरकारमा माओवादी केन्द्रबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी भएका थिए ।

एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी भएका थिए । माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।


८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४-४, जसपा, लोसपा र जनमत पार्टीका ३-३, स्वतन्त्र २, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका ११ जना प्रदेशसभा सदस्य रहेका छन् ।

प्रदेश सभामा बहुमत जुटाउन ४४ जना सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय