नेपालमै पहिलोपटक झापामा वडासचिवहरुको सम्मेलन

Share :

झापा । नेपालकै पहिलो पटक झापा जिल्लामा जिल्ला स्तरीय वडा सचिवहरुको सम्मेलन सम्पन्न भएको छ।

१५ वटा पालिकाका १ सय ३१ वडाका सचिवहरुको भेला दमकमा सम्पन्न भएको हो । भेलाले दमक नगरपालिकाका भोजकुमार थुलुङको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षहरुमा विर्तामोड नगरपालिकाकी टिका अधिकारी, कचनकवल गाउँपालिकाका मदन भण्डारी, सचिवमा अर्जनुधारा नगरपालिकाका खगेन्द्रप्रसाद लिङदेन, सहसचिव शिवसताक्षी नगरपालिका विमल बास्कोटा, कोषाध्यक्ष कन्काई नगरपालिकाकी कमला विश्वकर्मा चयन हुनुभएको छ ।


यस्तै सदस्यहरुमा कमल, गौरीगंज, मेचिनगर, भद्रपुर, हल्दिबारी, झापा, बुद्धशान्ति र बाह्रदशीबाट क्रमशः अमृतकुमार शाह, युवराज दाहाल, प्रेम पराजुली, मनकुमार डाँगी, तुलसा खत्री, सुनिता सुवेदी, खड्गबहादुर सुवेदी र शम्भु प्रसाद आचार्य चयन हुनुभएको छ ।

दमक नगरपालिकाको वडासचिवहरुको आयोजनामा भएको कार्याक्रममा जिल्लाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकाका एक-एक जना सचिव समितिमा रहने गरि तदर्थ समिति बनेको हो ।

“सहकार्य, समन्वय तथा कार्य सम्पादनमा एकता, सामुहिक हक हितका लागि हाम्रो प्रतिबद्धता” भन्ने नारालाई सार्थक पार्ने उदेश्य अनुरुप देशभर संजाल विस्तार गर्दे योजनाको साथ सम्मेलनको आयोजना गरिएको वडासचिवहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय