केन्द्रीय सदस्यका उम्मेदवार कार्कीलाई झापाका पाँचवटा वस्तुगत संघको समर्थन

Share :

बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका झापामा रहेका अधिकांश वस्तुगत संघहरुले केन्द्रीय सदस्य उम्मेदवारका रुपमा राजकुमार कार्की (राजु) लाई अघि सारेका छन् । आज बिर्तामोडमा नेपाल अलैँची व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर कार्कीलाई समर्थन रहेको जनाएको हो । कार्की महासंघका निवर्तमान अध्यक्ष तथा नेपाल कुचो संघका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।

झापाका पाँचवटा वस्तुगत व्यवसायी संघको साझा समर्थनमा उनले उम्मेदवारी घोषणा गरिसकेका छन् । अलैँची महासंघसँगै नेपाल भेनियर उत्पादक संघ, नेपाल सुपारी प्रशोधन तथा निर्यात संघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ लगायतका वस्तुगत संघले साझा उम्मेदवारका रुपमा कार्कीलाई खडा गरेको अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिनुभयो।

कार्यक्रममा सुपारीका अध्यक्ष देवीप्रसाद खतिवडा, भेनियरका अध्यक्ष दिपक पाण्डे लगायतले कार्कीलाई मतदान गर्न आग्रह गर्नुभएको थियो। महासंघका महासचिव नारायण चिमरियाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुवास भट्टराईले धन्यवाद दिनुभएको थियो ।


महासंघको यही चैत २८, २९ र ३० गते ५७ औँ वार्षिक साधारणसभा तथा अधिवेशन हुँदैछ । महासंघमा १२३ वटा वस्तुगत संघहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय