खुट्टा तानेर होइन पार्टी काम गरेर अघि बढ्न ओलीको निर्देशन

Share :

बिर्तामोड । एकले अर्कोको खुट्टा तानेर होइन पार्टी काम गरेर अघि बढ्न कार्यकर्तालाई नेकपा एमाले अध्यक्ष केपी ओलीले निर्देशन दिनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको मिसन ग्रासरुटको मध्यावधि समिक्षा तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई काम गरेर गतिशिल बनाइ अघि बढन कार्यक्रर्तालाई निर्देशन दिनुभएको हो ।

स्थानिय ठाउँमा आन्तरिक समस्यालाई छलफल र संवाद मार्फत हल गर्दै मिसन ग्रासरुट अभियान मार्फत जनताले विश्वास र भरोसा गरेको पार्टी बनाउनु पर्ने ओलीले बताउनु भयो ।


एमाले झापा अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी अध्यक्ष ओलीले सिद्धान्त भन्दा पनि कार्यकर्ताको पहिला बोली ब्यवहार र सालिनता हुनु पर्ने बताउनु भयो । एक प्रसङ उठाउदै उहाँले पार्टी संगठन सुढढीकरण गर्दै मोलेसंग अघि बढाउन आग्रह गनुृ भयो ।

ब्याग्यात्मक रुपमा धन्न कार्की प्रदेश प्रस्ताव नगरेको भन्दै अध्यक्ष ओलीले प्रदेशको नाम कोशी प्रदेश विधिगत रुपमा पारित गरेकोमा प्रदेश सभासद र मुख्य मन्त्री हिक्कमत कार्कीलाई धन्यवाद दिनुभयो । सबैको साझा नाम कोशी भएको,मानव सभ्यता भन्दा नदीको सभ्यता पहिला आएको हुदा कोशी नामकरणको विरोधमा रहेका समुहलाई भावनामा नबग्ने पनि उहाँले आग्रह गर्नु भयो । यो नाम कसैको निजी नभएकोले भ्रममा नपर्न पनि विरोधमा रहेका समुहलाई ओलीको आग्रह थियो।

कार्यक्रममा जिल्ला अध्यक्ष कार्की, उपाध्यक्ष प्रेम गिरी, केन्द्रीय तहवाट खटिएका नेता तथा सहजकर्ताले मिसन ग्रासरुट अभियानमा भइरहेको पार्टी गतिविधिको रिपोटिङ गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय