झापामा अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता सुरु, बिर्तामोडको विजयी सुरुवात

Share :

बिर्तामोड । बिर्तामोड नगरपालिकाले झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा विजयी सरुवात गरेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आजबाट सुरु भएको प्रतियोगितामा कचनकवल गाउँपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक टिम विर्तामोडले विजयी सुरुवात गरेको हो ।

खेलमा विर्तामोडलाई जित दिलाउन चुनु शोरेनले ह्याट्रीक गरे । उनले खेलको ९औं मिनेटमा टिमकालागि दोस्रो तथा व्यक्तिगत पहिलो गोल गरेका थिए । त्यसअघि खेलको पहिलो हाफको चौथो मिनेटमा विर्तामोडकालागि टिम कप्तान राम बुढाथोकीले पहिलो गोल गरेका थिए । खेलको १३ औं मिनेटमा चुनु शोरेनले टिमकालागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए । उनले खेलको ५३ औं मिनेटमा थप एक गोल गर्दै ह्याट्रीक पुरा गरे ।


कचनकवलकालागि भने खेलको १८ औंं मिनेटमा महेन्द्र राजवंशीले एक गोल गरेका थिए । उसकालागि २४ औं मिनेटमा प्रकाश घिमिरेले थप एक गोल गरे । खेलमा कचनकवलकालागि पहिलो गोल कर्ता राजवंशीले पँहेलो कार्ड पाएका थिए।

विर्तामोडकालागि ह्याट्रीक गर्ने खेलाडी चुनु शोरेन खेलको म्यान अफ दी म्याच चुनिए । उनले ट्रफी र नगद २५ सय रुपैयाँ पुरस्कार पाए । उनलाई बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महत्तारा प्रसाईले पुरस्कार प्रदान गर्नुभएको थियो ।

विर्तामोड नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद ६५ हजार र उपविजेताले नगद ४० हजार पुरस्कार पाउने छन् ।

चैत्र २४ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि विर्तामोड नगरपालिकाकी मेयर पवित्रा महत्तारा प्रसाइले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय