सवारी ज्यान मुद्दामा ३ बर्ष देखि फरार प्रतिबादी भट्टराई पक्राउ

Share :

झापा । सवारी ज्यान मुद्दामा फरार रहेका झापा बुद्धशान्तीका कुमार भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

बुद्धशान्ती गाउँपालिका वडा नं.२ का ४० बर्षीय भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

उनलाई झापा जिल्ला अदालतले २०७६ माघ २२ गते सवारी ज्यानमुद्दामा पक्राउ गर्न आदेश दिएको थियो । हालसम्म फरार रहेका उनलाई चैत्र ८ गते पक्राउ गरिएको प्रहरीले बताएको छ ।


भट्टराईलाई झापा जिल्ला अदालतको चैत्र ९ गतेको आदेश अनुसार कैद भुक्तानको लागी जिल्ला कारागार कार्यालय चन्द्रगढी पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय