बिर्तामोडमा सभामुख घिमिरेको क्षेत्रिय सम्पर्क कार्यालय स्थापना

Share :

बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको क्षेत्रिय सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

घिमिरे निर्वाचित हुनुभएको क्षेत्र झापा निर्वाच क्षेत्र नम्बर २ को बिर्तामोड नगरपालिकाको ५ नम्बर वडा अन्तर्गत कनकाई रोडमा स्थापना गरिएको क्षेत्रिय सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो ।

आज एक संक्षिप्त कार्यक्रमकाबिच सभामुख घिमिरेले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभयो ।


कार्यालय उद्घाटन गर्दै उहाँले आफु सभामुखमा निर्वाचित भए पश्चात राजनैतिक दल त्याग गरेकाले क्षेत्रिय सम्पर्क कार्यालयबाट आम नागरिकको समस्या, गुनासा र विकास निर्माणका काममा सहयोग पुग्ने विश्वास व्यक्त बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका सांसद एकराज कार्कीले क्षेत्रिय सम्पर्क कार्यालयबाट सबै जनताका समस्याको समाधानका लागि पहल गरिने बताउनुभयो । उहाँले २ नम्बर क्षेत्रको विकास र समृद्धीको क्षेत्रमा कार्य गर्न सहजताकालागि सभामुख घिमिरेको क्षेत्रिय सम्पर्क कार्यालय स्थापना गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय