पाउँ पाथीभरामा सुरु भयो भागवत पुराण, सभामुखद्वारा उद्घाटन

Share :

झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित पाउ पाथीभरा धाममा आजबाट भागवत पुराण सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पुराणको उद्घाटन गर्नुभयो । उहाँले कार्यक्रममा बोल्दै धार्मीक दृष्टीले महत्वपूर्ण रहेको पाउ पाथीभरा धाममा आयोजना भएको पुराणको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा झापा क्षेत्र नं. १ का सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, संबिधान सभाका सदस्य प्रेम गिरी, कोशी प्रदेशका सांसद एकराज कार्की लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

चैत १६ गतेसम्म संचालन हुने पुराणमा पण्डितं शान्तिराम नेपाल प्रमुख वाचन र पण्डित पुण्यप्रसाद रिजाल उपवाचक रहनुभएको छ । पुराणमा नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत गरी करिब ४० हजार जनाभन्दा बढी भक्तजन आउने पुराण आयोजक समितिले अपेक्षा गरेको छ । पुराणमा दानका लागि कसैलाई आग्रह नगरिने स्वेच्छिक दान मात्र संकलन गरिने जनाइएको छ ।

 

धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नु, पाथीभरा देवीको महिमाको प्रचार गर्नु र त्यसको आधारमा पाउ पाथीभरा धामलाई प्रमुख धार्मिक गन्तव्य बनाई यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्ने पुराणको मुख्य उद्देश्य रहेको प्रचार–प्रसार समितिका सदस्य प्रेमसागर घिमिरेले जानकारी दिनुभयो ।

धार्मिक आस्थाका देवी पाथीभरा माताको दर्शन गर्न जाने अधिकांश धर्मानुरागी भक्तजनहरु पाउ पाथीभरामा दर्शन गरेर मात्र जाने परम्परा, आस्था र विश्वास बृद्धि भएकाले देश विदेशबाट आउने श्रदालुहरुलाई निःशुल्क रुपमा खाना र बासको व्यवस्था गर्न सकिएमा यसको महत्व अझ बढ्ने हेतुले पुराणको आयोजना गरिएको बताइएको छ ।

पुराणको उद्घाटन कार्यक्रममा प्रदेश सांसद सविना बजगाई, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङ, रोङ गाउँपालिकाका अध्यक्ष सुवास तामाङ, विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुली लगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय