‘कोशी प्रदेश’ को विरोधमा दमक नगरपालिकाको ७ नं. वडामा तालाबन्दी

Share :

झापा । कोशी प्रदेश नामकरणको विरोधमा झापा दमक नगरपालिका ७ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

प्रदेशको नाम सच्याउनुपर्ने माग गर्दै प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले दमक नगरपालिका वडा नम्बर ७ मा तालाबन्दी गरेको हो ।

प्रदेशसभा बैठकले फागुन १७ गते साविकको एक नम्बर प्रदेशलाई ‘कोशी’ नामाकरण गरेपछि उक्त नामले पहिचान नसमेटेको भन्दै किरात धर्म तथा साहित्य उत्थान संघ, किरात, याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा लगायतका संस्थासँगै लिम्वुवान मञ्च, लिम्वुवान राज्य परिषद र जनता समाजवादी पार्टी साथै विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संघठनले पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरेका थिए ।


समिति गठनपछि समितिले फागुन २८ गते कोशी प्रदेशमा आम हड्तालसँगै ठाँउठाँउमा मसाल जुलुस निकालिएको थियो ।

समितिले चैत ५ गते प्रदेशको राजधानी विराटनगरमा प्रदर्शन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय