कैलालीमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

Share :

धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

जोशीपुर गाउँपालिका ७ को हजारीबारामा सोमबार राति से१त ८८७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा सवार भजनी नगरपालिका ९ बस्ने १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


उनीहरु दुवै जनाको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा परेर घाइते भएका भजनी नगरपालिकाकै १६ जनाको घोडाघोडी अस्पताल र १२ जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ ।

जोशीपुरमा आफन्तकोमा पास्नीको भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किंदै गर्दा उनीहरु ट्याक्टर दुर्घटनामा परेका हुन् ।

ट्याक्टर चालक भजनी नगरपालिका ९ कै सुरज चौधरी भने फरार छन् । उनको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय