राहदानी विवादमा मुछिएका लामिछानेविरुद्ध मुद्दा नचल्ने

Share :

काठामडौँ । महान्यायाधिवक्ताको कार्यालयले राहदानी विवादमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ ।

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुभएको हो ।

लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा राहदानी ऐनअनुसार मुद्दा चलाउन आवश्यक प्रमाण नदेखिएपछि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरिएको महान्यायाधिवक्ताको कार्यालयको भनाइ छ ।


पूर्वउपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले झूठो विवरण पेश गरेको पुष्टि नहुने भएकाले उनीमाथि मुद्दा चलाउनु नपर्ने प्रहरीको ठहर थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय