सन्देश धमला मेची बहुमुखी क्याम्पसको स्ववियु अध्यक्ष निर्वाचित

Share :

भद्रपुर । झापा जिल्लाकै सबैभन्दा ठूलो क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरको २० औं स्ववियु अध्यक्षको रुपमा सन्देश धमला निर्वाचित हुनुभएको छ । अनेरास्ववियुका तर्फबाट उम्मेदवार बनेका धमलाले १३० मतान्तरले आफ्नो प्रतिस्पर्धीलाई पछि पारे ।

निर्वाचित धमलाले ९६० मत प्राप्त गरेका छन् भने उहाँको प्रतिस्पर्धी किशोर ढुङ्गानाले ८३० मत प्राप्त गरेका छन् । यसै गरि सचिवमा अनेरास्ववियुका बिदन राईले १०२३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भिष्म घिमिरेले ९३३ मत प्राप्त गरे । साथै कोषाध्यक्षमा नेविसंघकी निलम कार्कीले ११५८ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धीले ७२७ मत प्राप्त गरे ।

यसैगरी सदस्यहरुमा अनेरास्ववियुका उदेश्य भण्डारीले १०७७, अनुषा भण्डारीले ९३६, नेविसंघका विवेक ढकालले ९६५, सौरभ ओस्तीले ९७५, विवेक तामाङ १००४, वर्षा एक्तेन ९४३ र प्रतिक शाह रौनियार १००१ मत प्राप्त गरेर विजयी बने ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय