गोर्खा स्कूलको आठौं वार्षिकोत्सव सम्पन्न

Share :

बिर्तामोड । झापाको अर्जुनधारा –६ मा रहेको गोर्खा इङलिस मिडियम स्कूलको आठौं वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयकी संस्थापिका तथा प्रिन्सिपल प्रीति राईको अध्यक्षता तथा अर्जुनधारा –६ का वडाध्यक्ष हरिषचन्द्र वाँस्तोलाको प्रमुख आतिथ्यमा आठौं वार्षिकोत्सव सम्पन्न भएको हो ।

कार्यक्रममा अर्जुनधारा नगर प्याब्सनका अध्यक्ष रुद्र सिटौला, एमिटी एजुकेशन फाउण्डेशनका प्रिन्सिपल आरएस ढकाल, वीरता लेडी जेसीजकी कार्यकारिणी उपाध्यक्ष मेनुका ओली, अभिभावक बबी राई मुखिया, पूर्व अभिभावक हिमादेवी प्रसाईं कठेतलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रममा वेस्ट टिचर मञ्जु राई, मेहनती टिचर सुसनंत लिम्बू (डान्स टिचर ) वेस्ट प्यारेन्ट्स युवराज ढुंगाना र सोनु ढुंगाना, कोअपरेटीभ प्यारेन्ट्स कुलबहादुर भूजेल र मुना भूजेल, वेस्ट स्टुडेन्ट साइना चौहान, वेस्ट डान्सर व्वाइज र गर्ल,वेस्ट सिंगर व्वाइज र गर्ल, मोस्ट निट एण्ड क्लीन, मोस्ट डिसिप्लेन, आर्टस्, ह्याण्डीक्राफ्टलगायतका विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमाण पत्र र पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य , राइम्स्, कराते, फेसन सोलगायत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय