प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

Share :

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदबाट विश्वासको मत लिदै हुनुहुन्छ । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुँदा बनेको नेकपा एमालेसहितको गठबन्धन भत्किएपछि प्रचण्डले आज पुनः विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिन आज दिउँसो १ बजेको कार्यसूची संसद सचिवालयले राखेको छ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समर्थन गरेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ। हिजो बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो।

यस्तै गठबन्धन दलका एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने औपचारिक निर्णय गरेका छन्। सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत विश्वासको मत दिने भएको छ।


राष्ट्रपति निर्वाचनको विषयमा कांग्रेस र माओवादीबीच नयाँ सहमति बनेपछि राप्रपाले फागुन १३ र नेकपा एमालेले फागुन १५ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई नेपाली कांग्रेस, एकीकृत समाजवादीसहित १० दलले समर्थन गरेका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय