पाथीभरा कालिका सामुदायिक वनको अध्यक्षमा पोर्तेल

Share :

बिर्तामोड । पाथीभरा कालिका साुमदायिक वन उपभोक्ता समितिको अध्यक्षमा सागर पोर्तेल निर्वाचित हुनुभएको छ ।

शनिवार सम्पन्न निर्वाचनमा पोर्तेलले ३८० मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।

अध्यक्षका अर्का प्रतिष्पर्धी केदार प्रसाद उप्रेतीले ३५४ मत प्राप्त गर्नुभयो ।


समितिको उपाध्यक्षमा शर्मिला लामिछाने ३३८, सचिवमा शालिग्राम पराजुली ३६५, सहसचिवमा भरत ढकाल ३१९, कोषाध्यमा मनिता अधिकारी गौतम ३६२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा विपिन निरौला, मुनिराज खरेल, सपना लिम्बू, दिलकुमार राजवंशी, दीपा खनाल, सिर्जना पराजुुली चापागाई निर्वाचित हुनुभएको छ ।

कुल ८३७ मतदाता रहेको पाथीभरा कालिका वनमा ७६९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय