झापाका ७८ जनालाई राष्ट्रिय सहिदको मान्यता

Share :

झापा । मन्त्रिपरिषद्को निर्णय अनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरिएको छ । जसमा झापाका ७८ जना योद्धाहरुको नाम पनि समावेश भएको छ ।

गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहिद भएकाको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।


राजपत्रमा प्रकाशित झापाका ७६ जना योद्धामध्ये पाँच जना महिला र ७१ जना पुरुष रहेका छन् । राजपत्रमा तत्कालिन गोलधाप–५ का टंक न्यौपाने, बालुवाडी–४ का सुनील राजवंशी, महेशपुर– ८ का दिपक कुमार पोखरेल, पृथ्वीनगर–४ की मनमाया वि.क, हल्दीबारी–७ का मेमकुमार मगर, बालुवाडी–२ का गंगा राम मिश्र, पृथ्वीनगर–२ का मनविर राई, पथरिया–९ का झरीलाल थापा, जलथल–४ का टिकाराम मेचे, गोलधाप–७ का खड्ग मोक्तान, पृथ्वीनगर–१ का शंकर घिमिरे, गोलधाप–८ का अनिल राई, बुधबारे–९ का छविलाल आचार्य, खुदुनाबारी–९ का देवकुमार आचार्य, शनिश्चरे–५ का खगेन्द्र प्रसाद दंगाल, बुधबारे–१ का नारायण प्रसाद आचार्य, बुधबारे–१ का बेद प्रसाद आचार्य, अर्जुनधारा–५ का गणेश लम्साल, अनारमनी–२ का टिका ज्योति सेढाई, शान्तिनगर–४ का डिल्लीराम गौतम, खुदुनाबारी–१ का टेकमान लिम्बु, अनारमती–३ का चन्द्र प्रसाद कडरिया, अनारमनी–६ का सुर्य गौतम, खुदुनाबारी–१ का मान बहादुर राई, मेचीनगर–८ का घनश्याम गिरी (महेन्द्र गिरी), बाहुनडाँगी–५ का दिपक गुरागाई, बाहुनडाँगी–३ का सुर्य खनाल, चन्द्रगढी (दोभाने २) का सन्त कुमार राई, मेचीनगर–८ का राजन ढुङ्गाना, दुवागढी–६ का ऐश्वर्य रिजाल, राजगढ –५ का केशव रिजाल, घेराबारी –६ का ओम अधिकारी, सुरुङ्गा –५ का शंकर खपाङ्गी मगर, टाघनडुब्बा –७ का रमा देवी अधिकारी, कुमरखोद –१ का डिल्ली राम इजम लिम्बु, शरणामति –४ का भीम प्रसाद पौड्याल, कुमरखोद – १ का भिम खनाल, सुरुङ्गा– ५ का देवेन्द्र पौड्याल, सुरुङ्गा–३ का प्रेम प्रसाद श्रेष्ठ, राजगढ–६ का जगन्नाथ बाँस्कोटा रहेका छन् ।

यस्तै, घेराबारी–६ काटोपलाल राजवंशी, डाँगीबारी–८ का नेत्र जंग फागो (सागर), घैलाडुबा–६ का मान बहादुर मगर खपाङ्गी, सुरुङ्गा–८ का पुष्प बजगाई, महाभारा– ७ का शम्भु राजवंशी, शिवगञ्ज–४ का राम बहादुर बुढाथोकी, पाँचगाछी–३ का दिपक इजम सुब्बा, तोपगाछीका रमेश सुवेदी, धरमपुर–४ का मनोज बुढाथोकी, तोपगाछी–८ का हाई बहादुर राई, शिवगञ्ज–६ टेक नारायण राजबंशी, शिवगञ्ज–८ नारायण प्रसाद ढकाल, तोपगाछी–७ का देवेन्द्र अधिकारी, दमक–७ का राम प्रसाद गौतम, गौरादहका बिष्णु कुमार प्रधान, गौरादह–१ का विष्णुलाल हस्दा, दमक–१६ का डिल्ली प्रकाश न्यौपाने, लक्ष्मीपुरका देवेन्द्र पौड्याल, गोलधाप–४ का सुनिल थापा मगर, गौरादह–४ का कृष्णबहादुर खड्का, घैलाढुवा–१ का पुन्यप्रसाद पराजुली, शान्तीनगर–६ का यामबहादुर आचार्य, तोपगाछी–४ का धर्मसिंह सुवेदी, खजुरगाछीका श्यामसुन्दर यादव छन् ।

बालुवादी–२ का चन्द्रमणि भट्टराई, अनारमनी–६ का सूर्य गौतम, लखनपुर–२ का मानबहादुर साँवा, बुधवारे–३ का बलभद्र भट्टराई, जलथल–६ का केशवराज कन्दङवा, अर्जुनराधा–६ का राजन गिरी, भद्रपुर–९ का सुरज विश्व, बुद्धशान्ति–१ का रामप्रसाद प्रधान, चन्द्रगढी–८ का दिनेश कुमार लम्साल, चन्द्रगढी–८ की गंगादेवी लम्साल, चन्द्रगढी–८ की दिपिका लम्साल र चन्द्रगढी–८ की यमुना देवी खतिवडा सहिदको सूचीमा समावेश भएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय