यायोक्खाले गर्यो सांसद निरन राइलाई वंश गद्दार घोषणा, तस्वीरमा थुकीयो

Share :

झापा । धनकुटाबाट निर्वाचित कोशी प्रदेश सभाका सांसद निरन राईलाई किराँत राई यायोक्खा झापाले वंश गद्दार घोषणा गरेको छ ।

शनिवार झापा बिर्तामोडको मुक्तिचोकमा आयोजित कार्यक्रममा किराँत राई यायोक्खा झापाका सदस्यहरूले प्रदेश सांसद राई गद्दार घोषणा गरेका हुन् ।उनीहरूले सांसद राईको तस्वीरमा थुकेका थिए ।

प्रदेश नं १ को स्थायी नामका लागि कोशी प्रदेशको समर्थक सांसद राई भएकाले उनलाई वंश गद्दार घोषणा गरिएको किराँत राई यायोक्खा झापा उपाध्यक्ष केवलराम राईले बताउनुभयो ।


प्रदेश १ को नाम कोशी भएपछि पहिचान पक्षधरहरू बिभिन्न राजनैतिक दल र जातिय संगठनहरु अहिले आन्दोलनमा छन् ।

उनिहरुले भोलि चैत्र ५ गते आईतबार प्रदेशको राजधानी विराटनगरमा विशाल प्रदर्शन सहित मुख्यमन्त्रीको कार्यलय घेराउ गर्ने बताएका छन् ।

केही दिन अघि उनीहरूले प्रदेशमा आम हड्ताल आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय