नेपाल तामाङ घेदुङ झापाले पायो नयाँ कार्यसमिति, अध्यक्षतामा जगत लोम्चन

Share :

बिर्तामोड । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति झापाको अध्यक्षमा जगत लोम्चन तामाङ निर्वाचित हुनुभएको छ । संस्थाको बिर्तामोडमा भएको सातौं झापा जिल्ला अधिवेसनले मेचीनगर निवासी तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षद्वयमा बिर्तामोडकी फूलमाया मोक्तान तामाङ र दमककी सरिता घिसिङ तामाङ निर्वाचित हुनुभयो । सचिवमा भद्रपुरका मानबहादुर तामाङ, सहसचिवमा बिर्तामोडका सूर्यमान पाख्रिङ र कोषाध्यक्षमा अर्जुनधाराकी पम्फादेवी तामाङ निर्वाचित हुनुभयो ।


त्यस्तै सदस्यहरुमा कनकाईका चेतराज योञ्जन, मेचीनगरका विशाल घिसिङ तामाङ, बुद्धशान्तीका मानबहादुर ग्लान, भद्रपुरका बमबहादुर तामाङ, मेचीनगरका पेम्बा गोले, भद्रपुरकी इन्द्रमाया तामाङ र बिर्तामोडकी सुनिता गोले चयन हुनुभयो ।

त्यसैगरी महिला सदस्यहरुमा कनकाईकी मनमाया ग्यावाक, बिर्तामोडकी निशा मोक्ताङ तामाङ, बिर्तामोडकी छ्योमाया तामाङ, भद्रपुरकी कृष्णकुमारी तामाङ र शिवसताक्षीकी राजकुमारी तामाङ सर्वसम्मत निर्वाचित हुनुभयो ।

संस्थाका अध्यक्ष काजीमान घिसिङको अध्यक्षता तथा नेपाल तामाङ घेदुङ संघीय सहअध्यक्ष कुमारसिंह घिसिङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपाध्यक्ष रामकुमारी तामाङले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय बरिष्ठ उपाध्यक्ष रामकृष्ण ग्लोन तामाङ, संघीय सदस्य तथा झापा इञ्चार्ज पदमबहादुर ग्यावक, पूर्व केन्द्रीय सदस्य विना तामाङ, प्रदेश मूख्य सचिव तिलक पाख्रिन, भद्रपूर नगर अध्यक्ष बशन्त तामाङ, नेपाल आदीवासी जनजाती महासंघ झापा अध्यक्ष पाण्डवलाल चौधरीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा संस्थाको गतिविधीमा सक्रिय सहभागिता जनाउने तथा तामाङ भाषा, संस्कार, संस्कृति जर्गेना गरेको भन्दै बिर्तामोड, मेचीनगर, अर्जुनधारा र बुद्धशान्तीको समितिलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने अन्य ११ वटा पालिकाका समितिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका झापा जिल्ला सचिव चन्द्र डुम्जन र सहसचिव सोमबहादुर तामाङले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
5
+1
1
+1
4
+1
1
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय