रूसी राष्ट्रपति भ्लादिमिर पुटिन विरूद्ध पक्राउ पुर्जी जारी

Share :

एजेन्सी । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

आईसीसीले राष्ट्रपति पुटिनविरुद्ध युद्ध अपराधको अभियोग लगाएको हो । जसमा बालबालिकालाई गैरकानूनी रुपमा युक्रेनबाट रुस पठाउनु पनि भएको बीबीसीले जनाएको छ । रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

यद्यपि उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप अस्वीकार गर्दै आएको छ । पुटिन विरुद्धको पक्राउ पुर्जीको बारेमा टिप्पणी गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले इन्टरनेशनल क्रिमिनल कोर्टको फैसला आफ्नो देशका लागि कानूनी रुपमा कुनै अर्थ नभएको टिप्पणी गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय