पाउ पाथीभरामा भागवत् पुराणको तयारी तीब्र, सभामुख घिमिरेले उद्घाटन गर्ने

Share :

झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित पाउ पाथीभरा धाममा आयोजना हुन लागेको भागवत पुराणको तयारी तीब्र बनाइएको छ । आज मन्दिर परिसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा विभिन्न १४ वटा समिति गठन गरी पुराणको तयारी तीव्र पारिएको पुराण मूल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिनुभयो ।

पाउ पाथीभरामा चैत ८ गतेदेखि १६ गतेसम्म पुराण आयोजना हुँदैछ । पुराणमा पण्डितं शान्तिराम नेपालको प्रमुख वाचन र पण्डित पुण्यप्रसाद रिजालको उपवाचकत्व रहने बताइएको छ । पुराणको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्नुहुने पुराण प्रचार–प्रसार समितिका संयोजक यामनाथ बरालले जानकारी दिनुभयो । त्यस्तै झापा क्षेत्र नं. १ का सांसद विश्वप्रकाश शर्माको समेत उपस्थिति रहने उहाँले बताउनुभयो ।


पुराणमा नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत गरी करिब ४० हजार जनाभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको छ । पुराणमा दानका लागि कसैलाई आग्रह नगरिने स्वेच्छिक दान मात्र संकलन गरिने जनाइएको छ ।

धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नु, पाथीभरा देवीको महिमाको प्रचार गर्नु र त्यसको आधारमा पाउ पाथीभरा धामलाई प्रमुख धार्मिक गन्तव्य बनाई यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्ने पुराणको मुख्य उद्देश्य रहेको प्रचार–प्रसार समितिका सदस्य प्रेमसागर घिमिरेले जानकारी दिनुभयो ।

धार्मिक आस्थाका देवी पाथीभरा माताको दर्शन गर्न जाने अधिकांश धर्मानुरागी महानुभावहरु पाउ पाथीभरामा दर्शन गरेर मात्र जाने परम्परा, आस्था र विश्वास बृद्धि भएकाले देश विदेशबाट आउनु भएका त्यस्ता महानुभावहरुलाई निःशुल्क रुपमा खाना र बासको व्यवस्था गर्न सकिएमा यसको महत्व अझ बढ्ने हेतुले पुराणको आयोजना गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय