उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव विजयी

Share :

काठमाडौं । मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी बन्नुभएको छ। उहाँ ३० हजार ३२८ मतभार प्राप्त गरेर उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो।​

उहाँले १ सय ८४ संघीय सांसद र ३ सय २९ प्रदेशसभा सदस्यको मत प्राप्त गर्नुभयो । नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३ सय २८ मतभार प्राप्त गर्नुभयो। उहाँलाई १ सय ४ संघीय सांसद र १ सय ६९ प्रदेश सांसदले मतदान गरेका हुन्।

जनमत पार्टीकी ममता झाले २ हजार ५ सय ३७ मत प्राप्त गर्नुभयो। उहाँलाई १५ जना प्रदेशसभा सदस्य र २३ जना संघीय सांसदले मतदान गरे।


मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए। बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय