आजको मौसम [मेघगर्जन-चट्याङ र हावाहुरीसहितको वर्षा]

Share :

झापा । हाल देशमा स्थानीय वायुसंगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

त्यस्तै, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


शुक्रबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ । त्यस्तै, देशको पहाडी र तराई भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित क्षणिक-हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। त्यस्तै, पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक-हल्का वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय