भद्रपुरमा आदित्य पराजुलीको अध्यक्षतामा क्रिकेट संघ गठन

Share :

भद्रपुर । झापाको भद्रपुरमा भद्रपुर क्रिकेट संघ गठन भएको छ । भद्रपुर नगरपाकिलका वडा नं ८ का अध्यक्ष गौरव सुब्बा (मनोज)को समन्वयमा युवा उद्योगी आदित्य पराजुलीको अध्यक्षतामा भद्रपुर क्रिकेट संघ गठन भएको हो ।

८ नम्बर वडा कार्यालयमा बुधबार भएको खेलप्रेमीहरूको भेलाले १७ सदस्यीय भद्रपुर क्रिकेट संघ र ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा उद्यमी मनोज श्रेष्ठ र राजन भट्टराई, महासचिवमा टहलदास मैनाली, सचिवमा शिवु बुढाथोकी र कोषाध्यक्षमा अजय साहेवाला चयन हुनुभएको छ।


सदस्यहमा विशाल राई, शेखर खड्का, अङ्कित सुवेदी, सागर कार्की, प्रवेश कामती, विपिन महतो, गिरिश शाक्य, भरत गुरुङ, कविन राई, स्मिज ढकाल र प्रज्ज्वल राई चयन हुनुभएको छ ।

भद्रपुर नगरप्रमुख गणेश पोखरेल र ८ नं वडाध्यक्ष सब्बा संरक्षक रहने गरी गठन गरिएको संघको सल्लाहकारमा छत्रप्रसाद अधिकारी, टिकाराज ढकाल, किशोर पराजुली, प्रकाश अधिकारी, राजेश गुप्ता र दिपेश ढकाल रहनुभएको छ।

भेलाले नवगठित भद्रपुर क्रिकेट संघलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर आधिकारिक संस्थाको रूपमा अघि बढाउँदै निकट भविष्यमै स्तरीय क्रिकेट प्रतियोगिता गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय