चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

Share :

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यही चैत ६ गते विश्वासको मत लिने हुनुभएका छ ।

शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नुभएको हो ।


प्रधानमन्त्री दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गर्नुभएको थियो ।

दलहरुसँगको परामर्शमै विस्वासको मत लिने मिति तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय