अफ्रिकी मुलुक मलाबीमा आँधीका कारण २ सय जनाको मृत्यु

Share :

एजेन्सी । अफ्रिकी मुलुक मलाबीमा आएको आँधीमा २ सय जनाको मृत्यु भएको छ । त्याहाँका १० वटा जिल्लामा आपतकाल घोषणा गरिएको छ ।

छिमेकी मुलुक मोजाम्बिकबाट प्रवेश गरेको फ्रेडी नामको शक्तिशाली आँधीका कारण मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । आँधीसँगै आएको बाढी पहिरोले हजारौं घरबारबिहिन हुनुका साथै आँधी प्रभावितहरुमा हैजाको जोखिम बढेको छ ।

भारी वर्षासँगै आएको आँधीले सयौं घरका छानाहरु उडाउनुका साथै सयौंको संख्यामा सवारी साधनमा क्षति पुगेको छ । आँधीले बिजुलीका पोल र रुखहरु ढालेकाले अवरोध भएका छन् ।


उद्धारकर्ताहरुले केही अझै बेपत्ता भएको जनाएका छन् । ढीप्रभावितहरुलाई अस्थायी टहरा बनाई राखिएको छ । आँधी अझै केही दिन सक्रिय रहने भन्दै मौसमबिदहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय