मेचीनगरमा अवैध काठ र ट्याक्टर पक्राउ

Share :

बिर्तामोड । झापाको मेचीनगरबाट प्रहरीले अवैध काठ र ट्याक्टर नियन्त्रणमा लिएको छ ।

आज बेलुकी ७ बजे मेचीनगर नगरपालिका वडा नं.२ सरस्वती टोलमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे १ त ६३१९ नम्बरको ट्याक्टरलाई अवैध गोलिया काठसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

पक्राउ परेको ट्याक्टरमा कदम र सिरिस जातको १६० क्युफिट अवैध काठ फेला परेको प्रहरी बताएको छ ।


अवैध काठसंगै फेला परेको ट्याक्टरका चालक २२ बर्षीय सर्बन राईलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेको अवैध काठ, ट्याक्टर र चालकलाई आवश्यक कार्वाहीको लागी डिभीजन वन कार्यालय चन्द्रगढी झापामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय