मोरक्कोका लागि राजदूत नियुक्ती गरेर राष्ट्रपति पौडेलले गरे पहिलो निर्णय

Share :

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरे लगत्तै गैरआवासीय राजदूत नियुक्त गर्दै पहिलो निर्णय गर्नु भएको छ ।

उहाँले आज पदभार ग्रहण गर्दै गैरआवासीय राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालय राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को ९१० बमोजिम ईजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको हो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय