पीएनजीमाथि नेपालको कीर्तिमानी जित, विश्वकप छनोटको सम्भावना बलियो बन्दै

Share :

काठमाडौं । टियु क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई पराजित गरेको छ । लिग टूको आफ्नो ३५ औं खेलमा नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेको हो ।

पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३३ रन बनाएर आउट भए । अर्का ओपनर आसिफ शेखले ५३ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा अलआउट हुदै ९५ रन बनाएको थियो । नेपालले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक ९ विकेटको जित हात पारेको हो । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले नेपालको बलिङ सामु खुलेर ब्याटिङ गर्ने सकेन ।


पीएनजीले ३२ ओभरमा अलआउट हुदै मात्रै ९५ रन बनाउन सक्यो । पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउ १८ रनमा आउट हुँदा चाल्स अमिनिले १६ रन बनाए ।

हिरि हिरिले १८ रन बनाउँदा पीएनजीका अन्य ब्याटरले दोहोरो अंकमा रन नबाउन सकेनन् । नेपालका लागि पूर्व कप्तान सन्दीप लामिछानेले सानदार बलिङ गरे । उनले १० ओभर बलिङ गरेर २५ रन दिदै ५ विकेट लिए ।

यस्तै ललित नारायण राजवंशी र कुशल मल्लले समान २/२ तथा सोमपाल कामीले १ विकेट लिए । नेपालले यस सिरिजको आफ्नो पहिलो खेलमा पीएनजीलाई नै ५२ रनले पराजित गरेको थियो ।

विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ । जितसँगै नेपाल ३५ खेलबाट ३८ अंक जोड्दै चौथो स्थानमा रहेको छ ।

नेपालले अब लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा यूएईसँग बिहीबार खेल्नेछ । यस खेल जितेको खण्डमा नेपालले सिधा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय