बिर्तामोड ८ र ९ नम्बर वडामा खेलकुद समिति गठन

Share :

बिर्तामोड । बिर्तामोडका दुई वटा वडामा वडास्तरीय खेलकुद समिति गठन गरिएको छ । सबै वडामा समिति बनाउने र खेलकुदका कार्यक्रमलाई तल्लो तहसम्म लैजाने योजना अनुरुप बिर्तामोड नगर खेलकुद विकास समितिते वडा वडामा समिति गठन गरिएको अध्यक्ष विकास गिरीले बताउनु भयो ।

आइतवार वडा नम्बर ८ र ९ मा समिति गठन गरिएको हो । वडा नम्बर ८ मा विपिन कार्कीको अध्यक्षतमा समिति बनाइएको छ । समितिको उपाध्यक्षमा चन्द्रमणि कट्टेल, अमिनकुमार श्रेष्ठ, सचिवमा सरिता मैनाली हुनुहुन्छ ।सदस्यहरुमा विजय चापागाई, शिव अधिकारी, सुरज कटुवाल, दीपेश पौडेल, सनम खान, विकेश साह र गोमा कटुवाल चयन हुनुभएको छ ।

वडा नम्बर ९ मा विश्वदीप राजवंशीको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कमला विष्ट, दीपेश राई, सचिवमा विवश बस्ने हुनुहुन्छ । सदस्यमा यदु गौतम, पारस थपलिया, रोजिना राजवंशी, प्रकाश बराइली, पारस राजवंशी, पर्वत मर्डी र पवन सुवेदी रहनु भएको छ ।

वडा नम्बर ८ मा वडाध्यक्ष अजय कार्की र वडा नम्बर ९ मा वडाध्यक्ष हरिप्रसाद चौलागाई लगायतका जनप्रतिनिधि र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा समिति निर्माण गरिएको हो ।


यसअघि नगरको वडा नम्बर १,२,३ र ४ मा समिति निर्माण कार्य सम्पन्न भइसकेको छ । बाँकी रहेका वडामा पनि क्रमश समिति निर्माण गर्दै लैजाने नगर खेलकुद विकास समितिका सदस्य विशाल अग्रवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय