‘कोशी प्रदेश’ नाम खारेजिको माग गर्दै झापामा राँके जुलुस

Share :

बिर्तामोड । कोशी प्रदेश खारेजीको माग गर्दै प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति र बिभिन्न संगठनले झापामा राँके जुलुस प्रदर्शन गरेको छ ।

झापासहित पूर्वका बिभिन्न जिल्लामा संघर्षका कार्यक्रम अन्र्तगत राँके जुलुस प्रदर्शन गरिएको बताइएको छ ।

प्रदेश १ को नामाकरण पहिचानका आधारमा हुनुपर्ने माग गर्दे आन्दोलनमा होमिएका संगठनहरुले आन्दोलन चर्काउने चेतावनी दिदै राँके जुलुस प्रदर्शन गरेका हुन् ।


गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएसंगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संघठनहरु विरोधमा उत्रिएका हुन् ।

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल लगायतका ६ वटा राजनीतिक दल र ३४ वटा जातीय संघठनले आज साँझ झापाको बिर्तामोडमा कोशी प्रदेश खारेजीको माग गर्दै राँके जुलुस प्रर्दशन गरेका हुन् ।

फागुन २८ गते सोमबार हड्तालको घोषणा गरेका दलले चैत ५ गते कोशी प्रदेशको राजधानी विराटनगरमा विशाल जनप्रर्दशन गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय