‘कोशी प्रदेश’ नाम खारेजिको माग गर्दै भोली आम हड्तालको घोषणा, अवज्ञा नगर्न चेतावनी

Share :

झापा । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले ‘कोशी प्रदेश’ नाम खारेजिको माग गर्दै भोली फागुन २८ गते आम हड्तालको आवहान गरेको छ । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले आइतबार प्रदेश व्यापी आम हडताल गर्ने जनाएको हो ।

हड्तालको दिन एम्बुलेन्स, खानेपानी, कुटनैतिक नियोग, पत्रकार र मानवअधिकारका गाडीहरु बाहेक अन्य सम्पूर्ण सवारी साधन संचालनमा रोक लगाइएको पत्रकार सम्मेलनमा बितरीत विज्ञप्तीमा उल्लेख छ । हड्तालका दिन कलकारखाना, यातायात, स्कुल बजारलगायत प्रदेशव्यापी ठप्प गर्ने उल्लेख गरिएको छ ।

आन्दोलनरत समितिले हड्ताललाई अवज्ञा गरी कुनै क्षती भएमा सम्बन्धित अवज्ञाकर्ता आफैँ जिम्मेवार हुने चेतावनी समेत दिएको छ ।


प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले बिभिन्न ४० वटा संघसंगठनको समर्थनमा संयुक्त हडतालको आयोजना गरेको समितिका झापा संयोजक पाण्डवलाल चौधरीले बताउनुभयो ।

प्रदेशका १४ वटै जिल्लामा बिस्तार भएको समितिले फाल्गु २७ गते साँझ राँके जुलुस प्रदर्शनसहित चैत्र ५ गते विराटनगरमा विशाल जनप्रदर्शन गर्ने कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ ।

‘कोशी प्रदेश’ नामकरणको बिरोध गर्दै आएको समितिले यसअघि २५ र २६ गते प्रदेश व्यापी कालो झण्डा गाड्ने, कोणसभाहरु गर्ने, स्थानीय तह लगायतका सरकारी कार्यलयमा तालाबन्दी गर्ने, कोशी नामक वोर्डहरु हटाउने, वडा तहसम्म संघर्ष समिति बिस्तार गर्ने लगायतको कार्यहरु भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
2
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय