इलामकी मन्जु १६ ग्राम ब्राउन सुगरसहित पक्राउ

Share :

बिर्तामोड। प्रतिबन्धित लागुऔषध ब्राउनसुगर नेपाल भित्र्याउने एक युवतीलाई प्रहरीले झापामा पक्राउ गरेको छ।

भद्रपुर ५ को मेचीपुल स्थित प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गर्दा ईलाम चुलाचुली गाउँपालिका वडा नं.१ बस्ने ३४ बर्षकी की मञ्जु चापागाईलाई पक्राउ गरेको हो ।


उनको साथबाट लागुऔषध ब्राउनसुगर १६ ग्राम८००मिलिग्राम, नेपाल नगद ५ हजार ७५ रुपैयाँ, रेडमी मोबाईल १ थान र एक थान स्कुटर बरामद गरिएको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ ।


उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय