बिर्तामोडमा सुजुकीको ‘ग्राण्ड भिटारा’ र ‘नयाँ ब्रेजा’को बिक्रि सुरु

Share :

बिर्तामोड । झापाको बिर्तामोडमा सुजुकीको नयाँ ब्राण्ड ‘ग्राण्ड भिटारा’ र ‘नयाँ ब्रेजा’ को दुई वटा चार पाङग्रे गाडी सार्वजनिक गरिएको छ ।

बिर्तामोडको आरए ट्रेडर्स अटोले आज एक कार्यक्रमकाबीच दुई वटा गाडी सार्वजनिक गरेको हो । सार्वजनिक भएसंगै नयाँ ब्राण्डका दुवै गाडीको बिक्रि सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, उपाध्यक्ष राजु न्यौपाने, आरए ट्रेडर्स अटोका संचालक राजेन्द्र थापा लगायतले गाडी सार्वजनिक गर्नु भएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले नेपालमा नयाँ नयाँ प्रविधिका गाडीहरु भित्रिनु सुखद् भएको बताउनुभयो ।

आरए ट्रेडर्स अटोका संचालक थापाले सुजुकीको नयाँ गाडी स्तरीय हुने बताउनुभयो । उहाँले नेपालमा लामो समयको अन्तरपछि सुजुकीको नयाँ मोडलका गाडी भित्रिएको बताउनुभयो । थापाले बिर्तामोडसंगै नेपाल भर नयाँ गाडी सार्वजनिक भएको जानकारी दिनुभयो ।

सुजुकी गाडीका पूर्वाञ्चल रिजनल सेल्स अफिसर विशाल दाहालले गाडीको फिचरका बारेमा जानकारी दिनुभएको थियो । उहाँले हाइब्रिड प्रविधिको गाडी भएकाले माइलेज राम्रो दिने बताउनुभयो । गाडीको एडभानस फिचरले ग्रहाकलाई लोभ्याउने उहाँले बताउनुभयो ।

ग्राण्ड भिटाराको बजार मूल्य ७९ लाख ९९ हजार र ब्रेजाको मूल्य ४८ लाख ९९ हजार रहेको आरए टे«डर्स अटो स्वरुमका म्यानेजर ज्ञान गौतमले जानकारी दिनुभयो । सार्वजनिक भएकै दिन खरिद गर्नेहरुकालागि ३ लाखको छुटको समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय