प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिट आज खतिवडाको ईजलाशमा

Share :

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको फौजदारी रिट न्यायाधीश ईश्वर खतिवडाको ईजलाशमामा हुने भएको छ ।

तर, सर्वोच्च अदालतमा शुक्रबार पनि मुद्दाको सुनुवाइ हुने सम्भावना भने न्युन देखिएको छ ।

खतिवडाको ईजलाशमा पेशी तोकिए पनि मुद्धा ११ औं नम्बरमा रहेकाले शुक्रबार पनि हेर्न नभ्याइने भन्दै अर्को दिनलाई पेशी सर्न सक्ने सम्भावना देखिएको हो ।


बिहीबार न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको ईजलाशमा पेशी तोकेर पनि हेर्न नभ्याउने भन्दै स्थगित गरिएको थियो । प्रचण्ड विरुद्ध रामेछापका ज्ञानेन्द्रराज आरणसहित २९ जनाले द्वन्द्वकालमा भएका व्यक्ति हत्यामा जिम्मेवार रहेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन् ।

प्रचण्डले २०७६ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवमा द्वन्द्वकालमा हत्या गरिएका पाँच हजार जनाको जिम्मेवारी आफूले लिने बताउनु भएको थियो ।

द्वन्दकालिन मुद्दा भनेर बारम्बार दरपिठ हुँदै आएको रिटलाई न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दर्ता गर्न आदेश दिएपछि मुद्दा अघि बढेको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय