राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

Share :

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र लगायत आठ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएका पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । राष्ट्रपतिमा पौडेल र बिपक्षी दल नेकपा एमालेका तर्फबाट एमाले उपाध्यक्ष समेत रहनु भएका सुवास चन्द्र नेम्वाङ उम्मेदवार रहनु भएको थियो ।

बिहिबार नयाँ राष्ट्रपति चयनका लागि भएको मतदानमा पौडेल ३३ हजार ८०२ मत भार ल्याएर विजयी हुनुभएको हो । नेम्वाङको पक्षमा १५ हजार ५१८ मत परेको थियो । पौडेल र नेम्वाङबीचको मतभारको अन्तर १८ हजार २८४ रहेको छ ।


निर्वाचन आयोगले मतदानका लागि बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको थियो । ४ बजेबाट मतगणना गरिएको थियो ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद (राष्ट्रिय र प्रतिनिधि) र प्रदेश सभाका सांसदहरु मतदाता रहने व्यवस्था छ । संघीय संसद्का एकजना सांसदको मत बराबर ७९ मतभार गणना हुन्छ भने प्रदेश सांसदको एकजना बराबर ४८ मतभार गणना गरिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले निर्वाचनमा भाग लिएनन् ।

प्रतिनिधि सभामा राप्रपाका १४ सांसद रहेका छन् भने सातै प्रदेशमा गरेर २८ जना प्रदेश सभाका सांसद रहेका छन् । त्यसैगरी नेमकिपाका प्रतिनिधि सभामा १ जना र प्रदेश सभामा ३ जना सांसद रहेका छन् । संघीय संसदका दुबै सदन गरेर ३ सय ३४ र सातै प्रदेशका गरी ५ सय ५० जना सांसद रहेका छन् । त्यसमध्ये संघीय संसदका सांसदको ३ सय १३ मत र प्रदेश सभा सांसदको ५ सय १८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय