बंगलादेशको एक भवनमा विष्फोट हुँदा कम्तिमा १७ को मृत्यु

Share :

एजेन्सी । बंगलादेशको व्यावसायिक भवनमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ । घटनामा डेढ सय भन्दा बढी घाइते भएका छन् ।

पुरानो ढाकाको सिद्दिकी बजारमा रहेको उक्त पाँच तले भवनमा बिस्फोट हुँदा नजिकैका अन्य भवनहरुमा समेत क्षति पुगेको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्छ ।


यसैबीच, बंगलादेशमा एकै रातमा १२ वटा मन्दिरमा तोडफोड भएको छ । ठाकुरगाउँ जिल्लाको बलियाडाँगीस्थित सडक छेउमा रहेका १२ वटा मन्दिरमा तोडफोड गरिएको हो । मन्दिरमा रहेका १४ वटा मूर्ति सडकमा फालिएको छ ।

घटनामा संलग्न केहीलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय