निदि मा.वि.तथा इन्द्रेणी क्याम्पसको ९ औं बार्षिकोत्सव सम्पन्न

Share :

बिर्तामोड । निदि माध्यमिक विद्यालय तथा इन्द्रेणी क्याम्पसको ९ औ बार्षिकोत्सव सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बिभिन्न प्रतियोगितामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

विद्यालय संचालन समितिका अध्यक्ष रमेश प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, हिसान र प्याबसनद्वारा आयोजित बिभिन्न प्रतियोगितामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख संग्रौलाले सरकारी विद्यालय र निजि विद्यालयले शैक्षिक गुणस्तर बृद्धीलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले निजि छेत्रका शिक्षकहरुलाई सरकारी शिक्षक सरह तालिम दिने कुरामा बिर्तामोड नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।


कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न सांस्कृतीक तथा सांगितिक प्रस्तुति राखेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय