नेपाल मधेषी समाज सेवा समितिको आयोजनामा होलि मिलन कार्यक्रम

Share :

बिर्तामोड । नेपाल मधेषी समाज सेवा समितिले झापाको बिर्तामोडमा होलि मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

होलि पर्वको अवसरमा नेपाल मधेषी समाज सेवा समितिका अध्यक्ष रामेश्वर मण्डलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा होलि पर्वको शुभकामना आदनप्रदान गरिएको थियो ।

कार्यक्रममा एक–आपसमा रङ लगाएर शुभकामना आदन प्रदान गरिएको हो । समितिका अध्यक्ष मण्डलले कार्यक्रमको औचित्य प्रष्ट पार्दै होलि पर्वको महत्व र होलि मिलन कार्यक्रम आयोजना गर्नुको उदेश्यहरु बारे जानकारी दिनुभएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख आतिथि संग्रौल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकास शिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, नेपाली काङग्रेस बिर्तामोड नगर सभापति प्रेम उप्रेती, व्यवसायी दिलिप कुमार शाहलगायतले होलि पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय