बिर्तामोड नगर अस्पतालको सभामुख घिमिरेद्वारा उद्घाटन

Share :

बिर्तामोड । बिर्तामोड नगर अस्पतालको औपचारिक शुभारम्भ गरिएको छ । सभामुख देवराज घिमिरेले अस्पतालको उद्घाटन गर्नुभएको हो । एक समारोहकाबिच सभामुख घिमिरेले शनिवार अस्पतालको उद्घाटन गर्नुभयो । अस्पताल उद्घाटन समारोहका प्रमुख अतिथि घिमिरेले अस्पतलाको उद्घाटन गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आग्रह गर्नुभयोे ।

उहाँले स्वास्थ्य सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न आग्रह गर्दै घिमिरेले सरकारी अस्पतालहरुलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नआएको भन्दै काम गरेर देखाउनुपर्ने बताउनुभयो । उहाँले नगर अस्पतालको सञ्चालनमा अझै बजेट र कर्मचारी व्यवस्थापनमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले अस्पतालको बारेमा जानकारी गराउँदै देशभरमै उत्कृष्ट र गुणस्तरीय सेवा प्रदान गर्ने बताउनुभयो ।


अस्पताल उद्घाटन समारोहमा संविधानसभा सदस्य सुधिर शिवाकोटी, कोसी प्रदेशका सांसद एकराज कार्की, नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौला, नेकपा एमाले बिर्तामोडका अध्यक्ष एवम् सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, रोटरी क्लव बिर्तामोडको तर्फबाट शुभ कुमाई पाठक लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

रोटरियन पाठकले सामाजिक सेवा अन्तर्गत अस्पताललाई थप सहयोगको घोषणा गर्नुभयो । उहाँले नगर अस्पताललाई रोटरीको तर्फबाट भेन्टिलेटरसहितको एम्बुलेन्स सहयोगको घोषणा गर्नुभयो ।

नगर अस्पतालमा एक जना एमडीजीपी, ३ जना एमवीवीएस डाक्टर सहितले सेवा दिने छन् । अस्पतालमा विभिन्न जिम्मेवारीका ३६ जना कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय